काठमाण्डौ । शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओमा ३६ लाख ६६ हजार ६६६ कित्ताका लागि आवेदन परेको छ । 

यो तथ्यांक बिहीबार साढे ४ बजेसम्मको मात्र हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आवेदन आउने क्रम जारी रहेकोले साँझसम्ममा सबै कित्ता बिक्री हुने संभावना बढेको छ । 

बिक्री प्रबन्धकका अनुसार ३८ हजारको हाराहारी आवेदनबाट भने १ अर्ब १० करोड बढीको खरीद प्रस्ताव परेको छ । 

शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँ र आयोजना प्रभावितका लागि २०० रुपैयाँको दरले आइपीओ निश्कासन गरेको छ ।  

यो कम्पनीले सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।

आयोजना प्रभावित मकवानपुरबासीका लागि प्रतिकित्ता २०० रुपैयाँको दरले ५ लाख ७९ हजार ६४० कित्ता निश्कासन गरेको छ। 

आइपीओमा छिटोमा फागुन ९ गते(आज)भित्र र ढिलोमा चैत ५ गतेभित्र आवेदन दिइसक्नुपर्ने भनिएको छ । 

यसको अर्थ कम्पनीको आइपीओमा साथमा रु. १० हजार हुने आयोजना प्रभावितले र १५ हजार हुने सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड थ्री प्लस’को रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत छ भन्ने देखाउँछ ।