काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुको महान पर्व तिहारको अवसरपारेर सम्पूर्ण ग्राहकहरुलाई दीपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक बिक्री योजना बजारमा ल्याएको छ ।

यस योजनाअन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दीयो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दीयो उपहार प्रदान गर्ने नयाँ उपभोक्तामुखी स्कीम शुरु गरेको छ । यो योजना सीमित अवधिका लागि नेपाल अधिराज्यभर लागू गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

सिमेन्ट जगतमा विगत लामो समयदेखि गुणस्तरीय असली ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै, निर्माण क्षेत्रमा लोकप्रियता हासिल गर्र्न सफल शिवम् सिमेन्टले चाँडपर्व लक्षित गरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्पmत थप उत्साह प्रदान गर्दै आइरहेको छ । सोहीअनुरुप कम्पनीले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्का र चाँदीको दीयो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो । 

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लाण्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ ।

उच्च गुणस्तर, विक्री पछिको निःशुल्क प्राविधिक परामर्श, निरन्तर सेवा र विश्वसनियताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफल भएको विज्ञप्तिमा दाबी गरिएको छ ।