काठमाण्डौ । शिवम सिमेन्टले निश्कासन गरेको आइपीओमा किनै उत्साहप्रद आवेदन परिरहेको छ । 

यो कम्पनीले सर्वसाधारण र आयोजना प्रभावितका लागि सोमबारदेखि आइपीओ निश्कासन गरेको हो । 

सर्वसाधारणका लागि निश्कासन गरिएको आइपीओ खरीदका लागि आवेदन खुलेको डेढ घण्टाभित्रै २ हजार भन्दा बढी आवेदन परेका बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । 

‘आवेदन खुलेको डेढ घण्टामै ६ करोड बढीको आवेदन परिसकेको छ ।’ क्यापिटलका एक अधिकारीले भने–‘प्रिमियममा जारी भएको आइपीओमा आवेदन खुले लगत्तै यसरी आवेदन पर्नु उत्साहप्रद देखिन्छ ।’ 

कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर ३०० रुपैयाँको दरले कुल ४१ लाख २० हजार कित्ता र आयोजना प्रभावितका लागि प्रतिसेयर २०० रुपैयाँको दरले ५ लाख ७९ हजार ६८० कित्ता आइपीओ निश्कासन गरेको हो ।