काठमाण्डौ । आफूलाई नेपालकैं नं. १ ओ.पि.सि. सिमेन्ट दाबी गर्ने शिवम सिमेन्टले शिवम प्लस("Shivam +") ओ.पि.सि. सिमेन्टलाई नेपाली बजारमा ल्याएको छ ।
मजबूत तथा दिगो निर्माणको लक्ष्य बोक्दै आएको शिवमले नयाँ विशेषता तथा गुणहरुको साथमा शिवम प्लस ओ.पि.सि. सिमेन्ट बजारमा ल्याइएको बताएको छ।
नेपाल गुणस्तर चिन्हका साथै आइएसओ ९००१, आइएसओ १४००१, ओएचसीएएस १८००१, आइएसआई र यूआरएस (ISO 9001, ISO 14001, OHCAS 18001, ISI, र URS) प्रमाणित शिवम प्लस सिमेन्टमा थप अटुट शक्ति रहेको कम्पनीको दाबी छ । यो विशेषताले निर्माणलाई थप मजबुत र सवल बनाउने बताइएको छ।
शिवम प्लस ओपीसी सिमेन्टमा समावेश भौतिक तथा रासायनिक गुणहरुमा बजारमा उपलब्ध सिमेन्टहरुमध्ये उत्कृष्ट रहेको समेत कम्पनीको दाबी छ ।
“उत्कृष्टताको आकाङ्क्षा, प्रगतिशील जीवनको पहिचान” भन्ने नारा आत्मसाथ गरेको यो सिमेन्ट हाललाई सीमित बितरकहरुमा मात्र उपलब्ध हुने प्रेस विज्ञप्तिमार्फत जनाइएको छ।
मकवानपुर गढीक्षेत्रमा अवस्थित आफ्नै खानीबाट ल्याइएको उच्च कोटीको चुनढुङ्गा प्रयोग गरी उत्पादन गरिने शिवम प्लसको गुणस्तरलाई लामो समयसम्म कायम गर्न विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको छ ।
11 hours ago
11 hours ago
11 hours ago
18 hours ago
19 hours ago
20 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago