काठमाण्डौ । शिवम सिमेन्ट्स लिमीटेडले आफ्ना सेयरधनीलाई १५.७८९५ प्रतिशतको दरले लाभांश वितरणको घोषणा गरेको छ । 

कम्पनीको असोज १३ गते साँझ सकिएको संचालक समितिको ६४ औं बैठकले २०७५/७६ को मुनाफा रकममध्येबाट प्रतिसेयर १५.७८९८५ प्रतिशतका दरले(लाभांशमा लाग्ने करसहित) वितरणको प्रस्ताव गरेको हो । 

यो हिसाबले कम्पनीले कुल ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नुपर्ने हुन्छ । 

कम्पनीले प्रस्ताव गरेको नगद लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । 

यसैबीच, कम्पनीको ६४ औं बैठकले नै आगामी वार्षिक साधारणसभाको मिति र सो प्रयोजनका लागि बुक क्लोजको मिति समेत तय गरेको छ । जसअनुसार आर्थिक वर्ष २०७५ ७६ को चौथो वार्षिक साधारणसभा आगामी कात्तिक ८ गते काठमाण्डौस्थित राष्ट्रिय सभागृहमा गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २९ गते एकदिन सेयर दाखिला खारेज कार्य बन्द गर्ने(बुक क्लोज गर्ने) निर्णय भएको नेप्सेलाई पठाइएको जानकारीमा उल्लेख छ । यसको अर्थ शिवम् सिमेन्टबाट घोषित लाभांश पाउनलाई असोज २८ गतेसम्म सेयर किनी सेयरधनी कायम भइसक्नुपर्नेछ ।