काठमाण्डौ । शिवम सिमेन्ट्स लिमीटेडले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म १ अर्ब ५० करोड खूद नाफा आर्जन गरेको छ । 

यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१.४८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा १ अर्ब १४ करोडमा सीमित थियो । 

कम्पनीले समीक्षा अवधिमा ११ अर्ब ३४ करोड संचालन आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १० अर्ब २६ करोड रुपैयाँमा सीमित थियो । यो अवधिमा कम्पनीको बिक्री खर्च ७ अर्ब २७ करोड भई ४ अर्ब ६ करोड ग्रस प्रफिट भएको छ । 

अघिल्लो वर्ष २ अर्ब ३८ करोडमा सीमित रिटेन्ड अर्निङ बढेर यो वर्ष ३ अर्ब २२ करोडको उचाईमा पुगेको छ । 

कम्पनीमा सेयर प्रिमियमको रुपमा ९३ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३४.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९४.६० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८९.८७ रुपैयाँ र तरलता अनुपात १.७४ प्रतिशत कायम भएको छ ।