काठमाण्डौ । शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा निश्कासन गरेको कुल आइपीओमध्ये करिब ५७ प्रतिशत बिक्री भएको छ।

यो कम्पनीको आइपीओमा बुधबार ५ बजेसम्म २३ लाख ५० हजार २४० कित्ता खरीदका लागि आवेदन परेको हो। 

कुल २३ हजार ७२९ आवेदकले सेयर खरीदका लागि आवेदन दिएका बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । 

यस्तै, कम्पनीले आयोजना प्रभावितका लागि निश्कासन गरेको आइपीओमा २६३ आवेदकले ६४ हजार २९० कित्ता खरीदका लागि आवेदन दिएका छन्। 

शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँ र आयोजना प्रभावितका लागि २०० रुपैयाँको दरले आइपीओ निश्कासन गरेको छ ।  

यो कम्पनीले सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।

आयोजना प्रभावित मकवानपुरबासीका लागि प्रतिकित्ता २०० रुपैयाँको दरले ५ लाख ७९ हजार ६४० कित्ता निश्कासन गरेको छ। 

आइपीओमा छिटोमा फागुन ९ गतेभित्र र ढिलोमा चैत ५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

इच्छुकले न्यूनतम ५० कित्तादेखि अधिकतम सबै कित्ता खरीदका लागि आवेदन दिन सक्नेछन् ।

यसको अर्थ कम्पनीको आइपीओमा साथमा रु। १० हजार हुने आयोजना प्रभावितले र १५ हजार हुने सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड थ्री प्लस’को रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत छ भन्ने देखाउँछ ।