काठमाण्डौ । शिवम सिमेन्ट्स लिमीटेडले आफ्ना सेयरधनीलाई प्रतिसेयर १५.७८९५ प्रतिशतको दरले नगद लाभांश वितरणको निर्णय गरेको छ । 

कम्पनीको बुधबार अपरान्ह ४ः३० बजे बसेको संचालक समितिको ५६ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट कम्पनीको चुक्तापुँजी ४ अर्ब  ४० करोडको प्रतिसेयर १५.७८९५ प्रतिशतले हुन आउने ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ नगद लाभांश(करसहित) वितरणको निर्णय गरेको हो । 

यो निर्णय आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

शिवम सिमेन्टको सेयर आइतबारदेखि दोश्रो बजारमा सूचिकृत भएको छ । 

यो कम्पनीको सेयर कारोबारको पहिलो ३ दिन दैनिकजसो १० प्रतिशतको दरले घटे पनि चौथो दिन बुधबार भने गिरावट थामिएको थियो । 

सेयर मूल्यमा जारी पहिरो थामिएकै दिन अपरान्ह शिवमको संचालकले नगद लाभांश वितरणको निर्णय गरेको हो ।