काठमाण्डौ । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले शिवश्रि हाइड्रोपावर लिमीटेडले जारी गर्न लागेको ३६ करोड ९१ लख रुपैयाँ बराबरको आइपीओलाई कमजोर आधार जनाउने आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । 

कम्पनीको आधारभूत आधार औसत भन्दा तल रहेकोले आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरिएको इक्रा नेपालले प्रष्ट्याएको छ । 

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिंग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । 

शिवश्रि हाइड्रोपावरले हाल २२.२ मेगावाट क्षमताको अपर चाकुु एक जलविद्युत आयोजना सिन्धुुपाल्चोक जिल्लामा निर्माण गरिरहेको छ । यो कम्पनी एकवर्षअघि मात्र पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । 

यो कम्पनीमा ७ संस्थागतसहित ६७ जना संस्थापक सेयरधनी रहेका छन् । आइपीओपछि संस्थापकको सेयर स्वामित्व घटेर सर्वसाधारणको बढ्नेछ ।