काठमाण्डौ । सरकारी कारोबार गर्ने सबै बैंकहरुलाई शुक्रबार(पुस २९) गते अपरान्ह ४ बजेसम्मै कार्यालय खोल्न नेपाल राष्ट्रबैंकले निर्देशन दिएको छ । 

बिहीबार एक निर्देशन जारी गर्दै राष्ट्रबैंकले चालु आर्थिक वर्षको पुस महिना आयकरतर्फको प्रथम किस्ताको रकम दाखिला गर्ने महिना भएको तथा पुस मसान्तको दिन शुक्रबार पर्न गएकोले पूरै दिन अर्थात अपरान्ह ४ बजेसम्म नै राजश्व बुुझ्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।