-रामु खनाल 
मुलतः श्वेतपत्र आधिकारिक निकाय बाट बर्तमान स्थितिको यथार्थ  जानकारी गराउने दस्तावेज हो । तर प्रस्तुत शेयरबजार सम्बन्धि श्वेतपत्र २०७४ कुनै आधारिक निकाय बाट प्रस्तुत गरिएको नभई सोही अनुसार बुझ्नुहुन सबैमा हार्दिक  अनुरोध गर्दछौं ।

१- शेयर बजार १८८१ बिन्दुमा पुग्दा लगानीकर्ताहरुको सम्पत्ति बढेर करिब रु २० खर्बमा  पुगेको थियोे तर अहिले बजार ११००-१२०० को बिन्दुको हाराहारीमा झर्दा लगानीकर्ताहरुको सम्पत्ति रू ७ खर्बले घटेर करिब रु १३ खर्बमा सिमित हुन पुगेको छ ।

२- लगानीकर्ताहरुको सम्पत्ति करिब रू ७ खर्बले घट्दा पनि प्रधानमन्त्री रेल र पानीजहाज भन्दै कुदिरहेका छन भने उता  अर्थमन्त्री उत्पादन उत्पादन मात्रै  भनिरहेका छन् ।

३- लगानीकर्ताहरुले आफ्नो शेयर घाटामा बेच्दा पनि नियामक निकायको लागि  महङ्गो कमिसन रकम  उठाइएको छ  ।

४- शेयर बजारमा लगानी गर्न भनि विभिन्न सुबिधाहरु लिएर सामुहिक लगानी कोष ( Mutual Fund ) को स्थापना गरिएता  पनि   तोकिएको भन्दा बढी रकम  बैंकमा राख्ने नपाईने कानुनी ब्यवस्थालाई धज्जि उडाउदै  तोकिए भन्दा बढी रकम बैंकमा जम्मा  गर्दा पनि नियामक निकाय तै चुप मै चुपको अवस्थामा रहेका छन् ।

५- तोकिएको समय सिमा सम्म बार्षिक साधारण सभा नगर्ने , पहिला घोषणा गरिएको लाभांश पछि त्यसको परिवर्तन गर्ने , बार्षिक साधारण बाट पारित लाभांश लामो समय सम्म लगानीकर्ताहरुको खाता नआउदा लगानीकर्ताहरुले बेहोर्नु पर्ने आर्थिकक्षतिको क्षतिपूर्ति दिने ब्यवस्था कहि कतै गरिएको छैन  ।

६- लगानीकर्ताहरुलाई सेवा सुबिधा दिने कुरामा  कन्जुस्याइँ गरिएता पनि तर लगानीकर्ताबाट उठाइने ब्रोकर कमिशन लगायतका  अन्य कमिशन, सेवा शुल्क उठाउने कुरामा कुनै कन्जुस्याइँ नगरि लगानीकर्ताहरुको ढाड सेक्ने गरि  नै असुलउपर गरिएको छ ।

७- शेयरको अधिक सप्लाई भइ बजारमा शेयरको ताल नै निर्माण भइ लगानीकर्ताहरु त्यहि  शेयरको तालमा डुबिरहेको अवस्थामा   पनि त्यसको उचित निकासको लागि कुनै समयन्त्रको बिकास गरिएको छैन ।

८- लगानीकर्ताहरुलाई चुनावमा भोट बैंकको रूपमा प्रयोग गर्न र चुनाव पछि कारोबारमा कर , कमिशन , सेवाशुल्क उठाउन बाहेक लगानीकर्ताहरुको हितको लागि कुनै उल्लेखनीय काम गरिएको छैन ।

९- Online Trading कहिले बाट शुरु हुने  हो त्यसको आधिकारिक जानकारि आधिकारिक निकाय बाट  नदिई लगानीकर्ताहरुलाई सूचनाको हक बाट समेत बन्चित  गरिएको छ ।

१०- पहिला महङ्गो मुल्यका  माईक्रो फाइनान्स र बिमा कम्पनीहरुको शेयर किन्नेहरु तुलनात्मक रूपमा अहिले  सबैभन्दा बढी घाटामा छन् । बैंकका शेयर किन्नेहरुको पनि शेयरमूल्यमा  गिरावट आएकोले आर्थिक सूचकांक नकारात्मक नै छ । जलविद्युतमा लगानी गर्नेहरुको लगानी खोलामा पानी झै बगिरहेको छ । सबैको  लगानी डुबिरहेको छ । उक्त लगानी कहिले उठ्ने हो ? नाफा त परै जवास् , सावा समेत उठ्ने हो कि होइन भन्ने कुनै ठेगान नै  छैन ।

११- ब्रोकर कमिशन निकै महङ्गो बनाईएको छ ।

१२- शेयर बजारमा लगानी गर्नेहरु सबै सम्पन्नसाली नै हुन्छन् भन्ने होईन । मिहिनेत गरेर कमाएको थोरै थोरै पैसा बचत गरि  लगानी गर्नेहरुको  पैसा पनि  यसरी  डुबानमा पर्दा सरकार बाट कुनै सकारात्मक  पहल कदमी नचालिदा देशमा सरकार हुनु र नहुनुको कुनै फरक नभएको आम लगानीकर्ताहरुले महशुस गरिरहेका छन् ।

१३- प्रधानमन्त्रीको दोहोरो अन्कको आर्थिक वृद्धि हासिल  गर्ने सपना शेयर बजार यसरी  लगातार दोहोरो अन्कले घटिरहे  सम्भव हुदैन भन्ने दिब्य ज्ञान कथित बौद्धिक भनिएका डाक्टर अर्थमन्त्री सग पुगोस् भन्ने आमलगानीकर्ताहरुको चाहना रहेको छ ।

१४- प्रधानमन्त्रीले बिकास बिकास भनी रहदा अर्थमन्त्रीको पनि पुजिबजारको  चौतर्फी समग्र बिकास एवं बिस्तारको लागि ध्यान जाओस् ।

१५- शेयर बजारलाई केवल सट्टेवाजको रूपमा नहेरी आर्थिक ऐना एवं  राष्ट्रको समग्र  आर्थिक बिकासको निम्ति  पुजि संकलन गर्ने एउटा राम्रो प्लेटफर्मको रूपमा बिकास गरियोस् ।

बजार घटेर ठुलो घाटा भइ लगानीकर्ताहरुको ढुकुटी रित्तिदा पनि लगानीकर्ताहरुका अन्य परिसूचकहरु सकारात्मक हुदा लगानीकर्ताहरु अहिलेसम्म  बाचिरहेका छन् । देशमा प्रधानमन्त्रीको रेल र पानीजहाज चाडै आओस् । अर्थमन्त्रीको उत्पादन पनि चाडै बढोस् । सरकारले लगानीकर्ताहरुको कल्याण नगरेता पनि श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।

धन्यवाद !!!

(लेखक शेयरबजार बिश्लेषक हुन् )