गत हप्ता नेपाली आकाशमा बादल लागे पनि शेयर बजारको आकाशमा भने हरियाली छायो । ९२ अंकको वृद्धिसँगै झन्डै ७ अर्बको कारोबार हुँदा समग्र बजार पुँजीकारणमा डेढ खर्बले बढ्न पुग्यो । यसले लगानीकर्तालाई ठूलै राहत दिएको छ ।

यसरी बजार किन बढ्यो त ? यसको  मुख्य चिरफार र बहस  नै सचेत लगानीकर्ताको काम हुन्छ । बजारमा पैसा खनाउनुमात्र लगानी होइन ।

गत हप्ता नै धितोपत्र बोर्डको एउटा कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ‘राम्रोसँग गर्नसके शेयर बजारबाट नै लगानीकर्ताले दाल–भात खान पुग्छ’ भन्ने अभिव्यक्ति दिएपछि लगानीकर्तामा ठूलै आत्मविश्वास बढेको हो ।

नवनियुक्त धितोपत्र बोर्डका अध्यक्षको सकारात्मक पहल र जोसजाँगर पनि सराहनीय छ । अब हामीलाई पूर्ण अनलाइन र रिअल टाइम कारोबारको आवश्यकता छ । त्यसैअनुसार नेप्सेले पनि काम गर्नुपर्ने हुन्छ ।

खासगरी विगतमा शेयरबजारमा के भएको थियो भनेर हेर्ने हो भने अर्थ मन्त्रालय र लगानीकर्ताबीच विश्वासको वातावरण बनेन । जहिले पनि जोगीदेखि भैँसी डराउने र भैँसीदेखि जोगी डराउने अवस्था भयो । कहिले लाभकरको विषय त कहिले कालो धनको विषयले शेयर बजारलाई हानी नै गरिरह्यो ।

यो सरकार बनेपछि त एक किसिमले लगानीकर्तालाई वज्रपात नै भयो । बजारको साइकल पनि बियारिस ट्रेन्डमा रहनु र सरकारले पनि लगानीकर्तालाई विश्वस्त तुलाउन नसक्नु दुवै कारणले बजार एकोहोरो झरी राख्यो ।

सामान्यतय १ प्रतिशतमात्र ब्याजदर घटेमा शेयर बजार २०० अंक बढ्ने गर्छ। अहिले २ प्रतिशत ब्याजदर घटेकोले बजार ४०० अंकसम्म बढेर ११०० बाट बढ्न सुरु गरेको बजार १५ सयसम्म पुग्ने आधार देखिन्छ । 

अब भने लगानीकर्ता डराउनुपर्ने आवश्यकता देखिँदैन । बजारमा रहस्यको कुरा के छ भने अहिले आएर बजारले किन यु टर्न लियो ? हरेक वर्ष यो बेला बजार घट्ने बेला हो । यसमा मुख्य भूमिका बजारको ब्याजदरले खेलेको छ। बजारमा अहिले २ प्रतिशतसम्म ब्याजदर घटेको चर्चा छ ।

सामान्यतय १ प्रतिशतमात्र ब्याजदर घटेमा शेयर बजार २०० अंक बढ्ने गर्छ। अहिले २ प्रतिशत ब्याजदर घटेकोले बजार ४०० अंकसम्म बढेर ११०० बाट बढ्न सुरु गरेको बजार १५ सयसम्म पुग्ने आधार देखिन्छ । सधैँजसो ब्याजदर र बजारको उल्टो सम्बन्ध हुन्छ । पैसा जहिले पनि जताजता नाफा हुन्छ, त्यतै त्यतै बग्ने तरल पदार्थ हो । निक्षेपमा राख्नभन्दा शेयर बजारबाट प्रतिफल बढी आउने देखेपछि लगानीकर्ताको यता आकर्षण बढेको हुन्छ सक्छ ।

अर्को भनेको सस्तो दर र सहज रुपमा बैंकले पैसा दिएपछि बजारमा पैसा आएको हुन सक्छ । अब दोस्रो क्वाटरको रिपोर्ट पनि आउँदैछ, जसले पनि बजार बढ्न थप सहयोग गर्ने देखिन्छ । तर शेयरबजार भनेको जोखिमको क्षेत्र पनि हो भन्ने लगानीकर्ताले भुल्न हुन्न ।

अहिले शेयरमा लगानी किन गर्ने ?

शेयर बजारका बादशाह वारेन बफेटले भनेका छन् ‘इफ यू डन्ट फाइन्ड द वे टू अर्न द मनी, ह्वेन यू आर स्लिपिङ, यु आर वोर्किङ होल अर लाइफ फर मनी’ अथवा तपाइँले आफू निदाएको बेला पनि आफ्नो सम्पति बढ्ने उपाय खोज्नु भएन भने पैसाका लागि तपाइँले सधैँ काममात्र गर्नुपर्छ ।

अहिले सबैजसो कम्पनीको मूल्य अन्डर भ्यालू भएको अवस्था हो। धेरैजसो बैंकको प्राइस अर्निङ रेसियो अहिले ११ देखि १५ को बीच मा छ । सामन्यतय १७ भन्दा तल प्राइस अर्निङ रेसियो छ भने त्यसलाई शेयरको मूल्य अन्डर भ्यालू भएको मानिन्छ ।

संसारमा पैसा कमाउने धेरै उपाय हुन् सक्छन् । एउटा भनेको आफूले काम गरेर पैसा कमाउने र अर्को भनेको पैसालाई काममा लगाएर पैसा कमाउने। लगानी गर्नु भनेको जहिले पनि पैसालाई काममा लगाउने हो । यहाँनेर प्रश्न उठ्न सक्छ अहिले नै नेपालको शेयर बजारमा लगानी किन गर्ने ? के छ आधार ता कि भाविष्यमा आफ्नो लगानी सुरक्षित होस् । अहिले सबैजसो कम्पनीको मूल्य अन्डर भ्यालू भएको अवस्था हो । धेरैजसो बैंकको प्राइस अर्निङ रेसियो अहिले ११ देखि १५ को बीच मा छ । सामन्यतय १७ भन्दा तल प्राइस अर्निङ रेसियो छ भने त्यसलाई शेयरको मूल्य अन्डर भ्यालू भएको मानिन्छ ।

लगानीकर्ताले जहिले पनि शेयर बजारमा लगानी गर्दा दुइटा कुरालाई ध्यान दिनुपर्छ । पहिलोे मार्केटको ट्रेन्ड कुन हो ? बुलिस ट्रेन्ड छ भने त्यसमा शेयर जति किन्यो उति फाइदा हुन्छ । बियारिस छ भने जति किन्यो उति घाटा हुन्छ । त्यसैले बजारको ट्रेन्ड बुझेरमात्र बजारमा छिर्नुपर्छ ।

दोस्रो आफूले कस्तो कम्पनीको शेयर किन्दैछु ? अथवा  पोर्टफोलियो म्यानेजमेन्ट कस्तो छ । राम्रो कम्पनी छान्न सक्नु नै सही लगानी हो । यो कुरा आफूले अध्यन गर्नुपर्ने हुन्छ, त्यसका  लागि आफूसँग समय छैन भने जानेबुझेकासँग सोधेर सल्लाहमा पनि गर्न सकिन्छ ।

बजारमा थुप्रै तालिम गर्ने ठाउँ पनि छन् तर हचुवाका भरमा लगानी गर्नुहुन्न ।