काठमाण्डौ । संचालक समितिको बैठकले २३.७४ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेका कारण बुधबार नेपाल बैंक लिमीटेडको शेयर सबैभन्दा धेरै कारोबार भयो । नेपाल बैंक लिमीटेडकै बढी कारोबारले समग्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) केही माथि उठाई बैकिङ समूहको सूचक दोहोरो अंकले उकालो लागे पनि बिमा समूहले चाहि ६० अंकको गिरावट भोग्नुपरेको छ । इनोभेटिभ डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । 
 

नेपाल बैंक लिमीटेडको मात्र ७ करोड ३८ लाख मूल्यका शेयरको किनबेच भयो । कारोबार भएका अन्य समूहका सूचक ओरालो लागे पनि बैकिंग समूहको योगदानका कारण बुधबार नेप्से परिसूचक ३.४६ अंकले वृद्धि भई १३४५.५३ अंकमा पुग्यो । बुधबार बजार खुल्दा नेप्से परिसूचक १३४२.१३ अंकमा थियो । 
 

बिमा समूहको सूचक ६० अंकले घटेको छ भने जलविद्युत समूहको सूचक पनि ४० अंकले आरोलो लागेको छ । बाँकी अन्य समूहको सूचकमा पनि राताम्य भयो । 
 

नेशनल हाइड्रो पावर कम्पनीका ५ करोड ७६ लाख मूल्य बराबरको शेयर किनबेच भयो ।