काठमाडौँ । विश्वको शेयर बजारसम्बन्धी विभिन्न अध्ययन तथा अनुसन्धान भइरहका हुन्छन् । धेरै लगानीकर्ता, राजनीतिक तथा आर्थिक विश्लेषक तथा राजनीतिक दल र नियमनकारी निकायको चासो शेयर बजारले खिचेको हुन्छ । अमेरिकी बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक संस्था ‘बैंक अफ अमेरिका मेरिल लिन्च’ले गरेको एक सर्वेक्षणले विश्व शेयर बजारका अधिकांश सूचक निकै उच्च बिन्दूमा पुगिसकेको र यसवर्ष सर्वाधिक उच्च बिन्दूमा पुग्ने देखाएको छ । 
 
हालै गरिएको सो सर्वेक्षणले अमेरिकी बजारका ठूला ५ सय कम्पनी सूचीकृत भएको सूचक एस एन्ड पी ५०० सन् २००९ भन्दा पहिले आएको आर्थिक संकटदेखि यताकै सबैभन्दा न्यून बिन्दूमा आइपुग्ने बाहेक अन्य शेयर सूचक उच्च बिन्दूमा पुगेको उल्लेख गरेको छ । एस एन्ड पी ५०० चाँहि केही महिना पहिले करीव २५ प्रतिशतले कमी आएको थियो । 
 
‘यही महिनाको शूरुवातमा अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयताकै सर्वाधिक न्यून बिन्दूमा शेयर सूचक पुगेका थिए । यो विषयले धेरै लगानीकर्ता तथा सरोकारवालालाई चिन्ता पु¥याएको थियो’ बैंक अफ अमेरिकाले उल्लेख गरेको छ । करीव ६ अर्ब ५० अर्ब डलरको व्यवस्थापन गर्दै आएका २ सय १६ वित्तीय व्यवस्थापन गर्ने कम्पनीको सर्वेक्षण गरी उक्त निष्कर्ष निकालिएको हो । 
‘विगत केही समययता बजार बुलिस प्रवृत्तिमा जाने क्रम केही रोकिएको हो तर बियरिस प्रवृत्तिमा जान लागेका भने होइन’ बैंकका प्रमुख रणनीतिकार मिसेल हार्टनेटले भने । मौज्दात नगद बढेका अध्ययनले देखाएको जानकारी हार्टनेटले दिएका छन् ।  सर्वेक्षणमा सहभागी ३९ प्रतिशतले सन् २०१९ सम्ममा शेयरबजारले उच्चतम बिन्दू प्राप्त गर्ने प्रतिक्रिया दिएका छन् । तर त्यसपछिको समयमा भने शेयर बजार बियरिस प्रवृत्तिमा जाने उनीहरूको धारणा छ । 
 
सन् २०१९ पछि चाँहि किन शेयर बजारमा बुलिस प्रवृत्तिमा जाँदैन भन्ने प्रश्नमा अधिकांश सहभागीहरूले व्यापार युद्धलाई प्रमुख कारणको रुपमा लिएका छन् । चीन र अमेरिकबीच बढ्दो व्यापारिक तनावले समग्र विश्व बजारको शेयरबजारमा नकारात्मक असर पार्न सक्ने धेरै विश्लेषकको समेत टीप्पणी छ । चीनबाट अमेरिकामा आयात हुने स्टील तथा आल्मुनियममा अमेरिकाले अतिरिक्त आयात कर थप गरेपछि चीनले पनि अमेरिकाबाट आयात हुने मासु तथा मदिरामा थप कर लगाएको छ । 
 
एक आपसमा अर्को राष्ट्रले उत्पादन गरेका वस्तु तथा सेवा निषेध गर्ने प्रवृत्तिले समग्र विश्व व्यवसाय तथा लगानीकर्ताको मनोबल नकारात्मक बन्ने र यसले शेयरबजार घट्दो क्रममा जाने सो अध्ययनको निष्कर्ष छ । बितेका केही सातामा समेत यसको प्रत्यक्ष असर देखिसकिएको छ ।
 
सर्वेक्षणमा सहभागी मध्ये पाँच प्रतिशतले मात्र आगामी वर्ष आर्थिक क्रियाकलाप सकारात्मक बन्ने अपेक्षा गरेका छन् । केही समय पहिले ४० प्रतिशत मानिस आगामी वर्ष आर्थिक क्रियाकलाप बढ्ने अपेक्षा गरेका प्रतिवेदन सार्वजनिक भएका थिए । सन् २०१६ मा यूरोपेली संघबाट बेलायत बाहिरिएपछि पनि धेरै कम मानिसले अर्को वर्ष आर्थिक क्रियाकलाप बढ्ने अपेक्षा गरेका थिए ।
 
विश्वको अर्थतन्त्र विस्तार हुँदै गएको दखिएपनि सन् २०१९ पछि विश्व अर्थतन्त्र लगातार खुम्चन सक्ने भन्दै गत मंगलबार मात्र अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले चिन्ता प्रकट गरेको छ । उता अमेरिकामा ट्रम्पले कार्यान्वयनमा ल्याएको कर कटौती कानूनका कारण पनि आर्थिक तथा बजार वृद्धिमा असर परेको जानकारी दिइएको छ । 
 
सन् २०१८ मा एस एन्ड पी ५०० मा सूचीकृत कम्पनीको प्रतिशेयर आम्दानी १८ दशमलव  ४ प्रतिशत हुने प्रक्षेपण बजार विश्लेषण कम्पनी फ्याक्ट सेटले गरेको थियो । तर सन् २०१९ मा भने १० दशमलव ४ प्रतिशत मात्र प्रतिशेयर आम्दानी हुने उक्त कम्पनीले हालै सार्वजनिक गरेको छ ।
 
सो सर्वेक्षणमा सहभागी भएका मध्ये १८ प्रतिशत सहभागीले बजारले सबैभन्दा उच्चतम बिन्दू छोइसकेको विश्वास गरेका छन् । भने ४० प्रतिशत सहभागी सन् २०१८ पछि बजार विस्तार हुन नसक्ने प्रतित्रिया दिएका छन् । तर ३९ प्रतिशत सहभागी भने सन् २०१९ सम्म बजार विस्तार हुन सक्ने तर सो समय पछि भने बजार बियरिस टे«न्डमा फर्कने धारणा राखेका छन्  ।