काठमाडौं । सोनीको शोरुम काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलमा सञ्चालनमा आएको छ । 

सोनीको नेपालस्थित आधिकारीक बिक्रेता नेपाहिमा ट्रेड लिंकले बिहीबारबाट शोरुम सञ्चालनमा ल्याएको हो ।

एक कार्यक्रमकाबीच सोनीको बिजिनेस हेड जेरेमी हेङ, चर्चित निर्देशक निश्चल बस्नेत र नेपा हिमा ट्रेड लिंकका कार्यकारी निर्देशक राजेश तुलाधरले शोरुमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

शोरुममा सोनीको नेपालमा उपलब्ध सबै रेञ्जका उत्पादनहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । सोनीको ब्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्टफोन, अल्फा र साइबर सट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडिआर सिरिजमा हेडफोनहरु नेपाली बजारमा उपलब्ध छन् । 

यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिम मल गोंगोबुमा सञ्चालनमा आइसकेको छ ।