काठमाण्डौ । शोधानान्तर स्थितिमा केही सुधार आएको छ । 

आर्थिक वर्ष २०७४/७५ को एघार महिनामा १० महिनाको तुलनामा शोधनान्तर स्थितिमा केही सुधार आएको नेपाल राष्ट्रबैंकले जनाएको हो । 

दश महिनामा रु.१८.९३ अर्ब रहेको शोधनान्तर घाटा एघार महिनामा रु.४.३४ अर्बमा सीमित रहेको हो । 

यसैगरी,, २०७५ जेठ मसान्तमा विदेशी विनिमय सञ्चिति रु.१०९४ अर्ब पुगेको छ, जुन ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकको भनाई छ । 

समीक्षा अवधिमा मौद्रिक योगाङ्कहरुको वृद्धि अपेक्षित स्तरमा रहेको छ । कर्जा प्रवाहको वृद्धिदर निक्षेप परिचालनभन्दा उच्च रहेता पनि सरकारी खर्चमा भएको वृद्धि तथा विप्रेषण आप्रवाहमा आएको विस्तारले निक्षेप परिचालनमा सकारात्मक प्रभाव परेको बताइएको छ । यसैको परिणाम स्वरुपमा बजार ब्याजदरमा स्थिरता आएको केन्द्रीय बैंकको दाबी छ ।