काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीले चुक्तापुँजी ८१ करोड रुपैयाँको १०.६५ प्रतिशतले हुन आउने ८ करोड ६२ लाख ६५ हजार रुपैयाँबराबरको नगद लाभांश र २.३५ प्रतिशतले हुन आउने १ करोड ९० लाख ३५ हजार रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।