काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले गत वर्षको तुलनामा २०.१७ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष संस्थाको खुद नाफा २ करोड ३२ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड २३ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा ३ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

प्रथम त्रैमासमा संस्थाले खुद ब्याज आम्दानी ६ करोड ८८ लाख रुपैयाँ गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ५ करोड ३३ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ।

संस्थाले समीक्षा अवधिमा ४ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार घटेर २० करोड ३० लाख रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार २० करोड ४८ लाख रुपैयाँ नै थियो । 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १४.६३ रुपैयाँ रहेको छ । बैंकको पीई अनुपात १०.३९ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १४१.०९ रुपैयाँ रहेको छ ।