काठमाण्डौ । कोरोनाको महामारीले निम्त्याएको संकटको बेला समस्यामा परेकालाई विभिन्न व्यक्तिले सहयोग गरिरहेका घटनाहरु सुुन्नमा आइरहेका छन् । संकटको यो घडीमा एउटा सामान्य परिवारले समस्यामा परेका कति जनालाई खाना खुुवाउन सक्ला ? १० जना, २० जना । तर भारतमा एक परिवारले हाम्रो अनुुमान विपरीत समस्यामा परेका २ हजार जनालाई दैनिक खाना खुुवाइरहेको छ । 

कोही मानिस बेकाममा घरबाहिर निस्किएर आफू र अरुको जीवनलाई खतरामा धकेलिरहेका छन् भने कोही यस्तै परोपकारी काम गरेर जीवन रक्षा गरिरहेका छन् । 

कोरोनाभाइरसले गर्दा काम नपाएर खाना खान नपाएका गरिबहरुका लागि दिल्लीको एक परिवार अगाडि आएको छ । दिल्लीका सडकमा आफ्नो गृह राज्य जान नपाएर सडकमा बरिरहेका मजदुर र रोडमा मागेर खाने मानिसहरुलाई दिल्लीको सञ्जय गर्गको परिवारले सहयोग गरिरहेको छ । 

गरीब, अलपत्र परेका मजदुर र मद्धतको आवश्यकता परेका मानिसहरुलाई उनको परिवारले खाना पुुर्याइरहेको छ । 

पेशाले सञ्जय गर्ग व्यापारी हुुन् । कोरोना संक्रमणले गर्दा बाहिरका अन्य व्यक्तिबाट खाना पकाउँदा जोखिम हुुन सक्ने कारणले उनले आफैं र परिवारका सदस्यको सहयोगमा खाना बनाउन थाले । 

सुुरुवातमा उनले २०० जनालाई खाना बनाउन सुुरु गरेका थिए । तर, अहिले ५ दिनपछि उनी र उनको परिवार मिलेर दैनिक २ हजार जनालाई खाना बनाइरहेका छन् । 

बिहान र साँझ गरेर दुुईपटक उनका परिवारका सदस्यहरु मिलेर समस्यामा परेका मानिसहरुलाई खाना लगेर जाने गर्दछन् । सञ्जयसँगै उनकी पत्नी, दुुई छोरा, बुुहारी र घरमा काम गर्ने कामदारले खाना पकाउन र वितरण गर्न सहयोग गर्ने गर्दछन् । 

खाना बनाउँदा उनीहरु सुुरक्षामा ध्यान दिने गर्दछन् । सुुरक्षाका लागि मास्क र पञ्जा लगाउने गर्दछन् । 

सरसफाइमा पनि विशेष ध्यान दिने गर्दछन् । बाहिर गएर खाना बाँड्दा संक्रमणको जोखिम हुुनसक्ने भएकाले खाना बाहिर गएर बाँड्ने जिम्मेवारी जेठा छोरा साहिलका साथीले लिएका छन् । 

सञ्जय र उनकी पत्नीले आफूहरुले कोरोनाले गर्दा खान नपाएर मानिसहरु सडकमा अलपत्र परिरहेको भन्ने समाचार सुुनेपछि दया जागेर उनीहरुलाई खाना खुुवाउने निणर्य गरेको बताए । 

खाना पकाउन चाहिने रासनको बन्दोबस्त उनीहरु आफै गरिरहेका छन् । तर अहिले केही व्यक्तिले उनीहरुलाई रासनका लागि सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । भोका पेटहरुलाई खुुवाउन पाउँदा आफूहरुलाई आनन्द आउने सञ्जय दम्पतीले बताए । यो अनुुभव शब्दमा बयान गर्न नसकिने उनीहरुले बताए । 

कोरोनाको जोखिम नहोस् भनेर उनीहरुले खाना बाँड्दा दुुरी कायम गरिरहेका छन् । साहिलका साथीले आफ्नो गाडीमार्फत खानालाई विभिन्न क्षेत्रमा लगेर बाँड्ने गरेका छन् । खाना बाँड्दा उनले तीन मिटरको दुुरी कायम गर्ने गरेका छन् । सञ्जयको यो परोपकारी कामको भारतमा अहिले सर्वत्र प्रशंसा र चर्चा भइरहेको छ ।