काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघले काठमाण्डौ उपत्यका बाहिर संगठन बिस्तार तथा लगानीकर्ता सचेतना अभियानलाई तीव्र बनाएको छ । 

लगानीकर्ताका अन्य संगठन काठमाण्डौ केन्द्रीत भइरहेको बेला नेपाल पूँजीबजार लगानीकर्ता संघ भने देशव्यापी संगठन बिस्तार तथा लगानीकर्ता सचेतनाका लागि आक्रामक बनेको हो । 

यही क्रममा संघले असोज ३ गते मकवानपुरको हेटौंडामा एकदिने लगानीकर्ता सचेतना तथा पूँजीबजारको बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । 

कार्यक्रम संघका प्रदेश नम्बर ३ का संयोजक गोकर्णबहादुर कार्कीको नेतृत्वमा आयोजना भएको थियो । 

कार्यक्रममा क्याम्पस पढाउने लेक्चरदेखि विद्यार्थीसम्म र गृहिणी देखि ब्यापारीसम्मको व्यापक उपस्थिति रहेको संघका उपाध्यक्ष राजु पौडेलले जानकारी दिए । 

उनका अनुसार कार्यक्रममा १५ बर्षदेखि सेयर बजारमा लागेका पुराना अनुभवी लगानीकर्तादेखि भर्खर भर्खर सेयर बजारमा प्रवेश गरेका लगानीकर्ताको समेत उपस्तिथि थियो । 

लगानीकर्ताहरुले नेपाल पुँजी बजार लगानी कर्तासंघको बारेमा विशेष जिज्ञासा राखेका थिए । नेपाल पुँजी बजार लगानीकर्ता संघ र यस्को औचित्य र बिधानको बारेमा प्रदेश ३ का संयोजक कार्कीले प्रष्ट्याएका थिए ।

अन्तरक्रिया र लगानीकर्ता सचेतना कार्यक्रमसहित संघ जिल्ला जिल्लामा पुगिरहेको उपाध्यक्ष पौडेलले बताए । 

भेलासँगै संघले जिल्ला संगठन समेत बनाएको छ । प्रमेश प्रधान संयोजक र कमला पाण्डे सहसंयोजक रहने गरी संघको मकवानपुर शाखा गठन भएको बताइएको छ ।