काठमाण्डौ । सानिमा इन्स्योरेन्सले संचालनको छोटो समयमै २ करोड ३० लाख नाफा आर्जन भएको वित्तीय विवरण प्रस्तुत गरेको छ । 

मंगलबार यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण पस्किएको हो ।

आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासबाटै यो कम्पनी संचालनमा आएको हो । यो अवधिमा कम्पनीले १ लाख ३१ हजार खूद बिमा शुल्क आर्जन गरेको छ । 

यो अवधिमा कम्पनीले १५ वटा बिमालेख जारी गर्न भ्याएको छ भने आयव्यय हिसाबबाट ३ करोड ६४ लाख सारेर नाफा २ करोड बढी भएको देखाएको छ । 

समीक्षा अवधिमा सानिमा लाइफको जगेडाकोषमा ८४ लाख ३९ हजार, चुक्तापूँजी ७० करोड, बिमा कोषमा १ करोड १५ लाख र महाविपत्ति जगेडाकोषमा ११ लाख ४४ हजार जम्मा भएको छ । 

यो अवधिमा कम्पनीको व्यवस्थापन खर्च मात्र ४७ लाख भन्दा बढी भएको देखिएको छ ।