काठमाण्डौ । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ । 

शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले सरकारले हालै पारित गरेको नयाँ नक्सा कार्यान्वयनमा ल्याउने उद्देश्यले संविधान संसोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको हो ।

नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि संविधानमा रहेको निशानछापभित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधन गर्न लागिएको एक मन्त्रीले जानकारी दिए । 

संविधान संसोधनको प्रस्ताव दुईतिहाई बहुमतबाट मात्र पारित हुनसक्छ । 

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ।

सरकारले ल्याएको नयाँ नक्सा बुधबार सार्वजनिक गरिएको थियो ।  नयाँ नक्सामा भारतबाट अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ ।