काठमाण्डौ । व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र वाचन गरेर सुनाइन् ।

बैठकमा आर्थिक वर्ष २०७४-७५ को आयव्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि मङ्गलबार विचारविमर्श गर्ने गरी कार्यसूची तय भएको जानकारी गराइयो । छलफल आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा केन्द्रित हुने छ ।

व्यवस्थापिका–संसद्को अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ११ गते प्रस्तुत गर्ने सरकारको तयारी छ । राष्ट्रपति भण्डारीले उक्त दिन सरकारको नीति तथा कार्यक्रम संसदसामु प्रस्तुत गर्नेछिन् ।