काठमाण्डौ । केएल दुगड समूहअन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको संसारकै सबैभन्दा पातलो टिभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यो टिभीको मोटाइ जम्मा ३.६ मिलीमिटर रहेको रहेको छ, जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ ।

 

सोमबार साँझ काठमाण्डौमा डिलर मिट आयोजना गरी सो टिभी सार्वजनिक गरिएको हो।

ओएलइडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायती, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ, जुन अन्य एलइडी टिभी भन्दा निकै राम्रो रहेको छ । साथै यो टिभीमा जेबिएल साउण्ड सिस्टम जडान गरिएको छ, जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यो टिभीको मूल्य नेपाली बजारमा रु. २० लाख भन्दा माथि पर्ने कम्पनीले जनाएको छ ।

सोही कार्यक्रममा स्काईवर्थको गुगल एन्ड्रोइड टिभी र मल्टी फङ्सनल टी–टेबल समेत सार्वजनिक गरिएको थियो । गुगल एन्ड्रोइड टिभीमा भ्वाइस कमाण्डबाट नै आफ्नो इच्छाअनुसारको कार्यक्रम हेर्न सकिने र मोवाइलजस्तै गुगल प्लेस्टोरमा गएर आफ्नो चाहना अनुसारको एप्लीकेसन डाउनलोड गर्न सकिने स्मार्ट प्रविधि रहेको कम्पनीले जनाएको छ । 

साथै मल्टी फङ्सनल टि–टेबल एक टेबल मात्र नभई रेफ्रीजेरेटर, साउण्डबक्स, मोवाइल चार्जिङ युनिट जस्ता विविध प्रविधिहरु एउटै टेबलमा उपलब्ध भएको स्मार्ट टेबल हो । यी सार्वजनिक गरिएका तीनवटै प्रोडक्ट इनोभेसन र टेक्नोलोजीको उत्कृष्ट उदाहरण रहेको कम्पनीले जनाएको छ । 

युरोप, एसिया, अफ्रिका तथा अमेरिकाको बजारमा राम्रो सफलता हासिल गरिसकेको यस स्काईवर्थ कम्पनीको टिभी तथा होम एप्लाइन्सेस राम्रो गुणस्तरको र किफायती मूल्यमा उपलब्ध हुने कम्पनीको दाबी छ ।

साथै स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर संचालन भईरहेको छ । यस योजनाअन्र्तगत स्काइवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने छन् ।