काठमाण्डौ । शिवम् सिमेन्टस् लिमिटेडले आफ्ना ग्राहक एवम् उपभोक्ताहरुका लागि २० बोरा शिवम् सिमेन्टको खरिदमा सम्मान स्वरुप कम्पनीको तर्फबाट कदर स्वरुप दिंदै आएको थप १ बोरा उपभोक्ता योजना कात्तिक १२ गते सम्पन्न भएको घोषणा गरेको छ । 

यस योजना कम्पनीले गत असार १४ देखि नेपालभर लागूू गरेकोमा देशभरका सिमेन्टका आम उपभोक्ता एवं ग्राहकहरुको उत्साहजनक र उल्लेखनीय सहभागिता रहेको दाबी गरेको हो । 

शिवम् सिमेन्टले हेटौडा स्थित जर्मन उच्च प्राविधियुक्त प्लान्ट एण्ड मेशिनरी जडित उद्योगबाट आफ्नै चुनढुङ्गामा आधारित क्लिङकर तथा सिमेन्ट उत्पादन गर्दै शिवम् ब्राण्डको ओ.पि.सी. सिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै आएको छ । यो कम्पनीले हरितालिका तिज, वडादशैँ, शुभ दिपावली र छठ पर्व समेतलाई मध्यनजर गरी छोटो अवधिका लागि “२० बोरामा कदर स्वरुप थप १ बोरा” योजना लागूू गरेको थियो । 

शिवम् सिमेन्टले गत वर्ष समेत शुभ दिपावलीको अवसरमा उपभोक्तामूखी “चाँदी नै चाँदी” भन्ने अफर ल्याएको थियो ।