काठमाण्डौ । नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजू अटो वक्र्सले पुस २४ गतेबाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि नेपालभरका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्था थियो  । सो मेला सफलतापूर्वक सम्पन्न भएको छ । 

सो क्याम्प यही पुस महिनाको २४ देखि २८ गतेसम्म सञ्चालन गरिएको थियो । यो योजनामा निःशुल्क सर्भिसिङ्गकोसाथै स्पेयर पाटर््स, लुब्रिकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको थियो । कम्पनीले स्पेयर पार्टस खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एक्सोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको थियो । 

साथै यस सर्भिस क्याम्पमाग्राहकहरुलाई निःशुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिएको थियो । जसमा आँखा, ब्लड प्रेसर, सुगर तथा अन्य साधारण उपचारका सेवाहरु प्रदान गरिएको थियो । 

यो मेगा सर्भिस क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकहरुले गाडीका विभिन्न७५ जाँच गरेका थिए । यो सर्भिस सेवा विशेष रुपमा सफल भएको छ । सयौंको संख्यामा महिन्द्रा धनीहरुको उपस्थिति रहेको थियो । बिक्री पछिको उत्कृष्ट सेवाले गर्दा ग्राहकहरुलाई अन्तर्राष्ट्रिय ब्रान्ड एक्पेरियन्स प्राप्त भएको छ ।