काठमाण्डौ । कामना सेवा बिकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । 

बैंकले आफ्ना निक्षेपकर्ता र कर्जा लिने ग्राहकहरुलाई निर्जीवन बिमा सेवा उपलब्ध गराउने उद्देश्यले सगरमाथा इन्स्योरेन्ससँग सम्झौता गरेको हो । 

चैत १० गते आइतबार भएको सम्झौतामा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे । 

यो सम्झोतासँगै कामना विकास बैंकका सबै शाखाहरुबाट बैंकका ग्राहकहरुले छिटोछरितो र सहज रुपमा सगरमाथा इन्स्योरेन्सको बिमालेख प्राप्त गर्न सक्नेछन् ।