काठमाण्डौ । ग्लोबल की टेक्नोलोजी प्रालिले समय र पैसाको बचतसँगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्यसहित सुरु गरेको मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा आएको छ । 

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन नयाँ भर्सनमा आएको हो । 

रिचार्जरको लोगो अंकित झण्डा मे १८ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले सगरमाथा शिखरमा फहराएका थिए । मगर आइतबार बेस क्याम्पबाट हेलिकप्टरमा काठमाण्डौं फर्किएका छन् । उनलाई रिचार्जर एप्सको निर्माता कम्पनी ग्लोबल की टेक्नोलोजी प्रालिका अध्यक्ष अलाइभ ग्लाइडर तथा प्रमुखकार्यकारी अधिकृत निराजन सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरे ।

नेपालमा ब्राण्डेड अनलाइन शपिङ हबमा बलियो उपस्थिती जनाउने लक्ष्यसहित ग्लोबल की टेकेनोलोजीले मोबाइल एप्स रिचार्जर सञ्चालनमा ल्याएको हो । यो एप्सबाट सामान खरिद गर्दा शतप्रतिशत क्यास ब्याक पाउनका लागि एप्पलको एप स्टोर तथा गुगल प्लेस्टोरबाट एप्स डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ । यसरी खाता खोल्दा प्रयोगकर्ताले तत्काल एकसय रुपैंया क्यास ब्याक पनि पाउने छन् । 

‘५ वर्षको रिसर्च पछि तयार पारिएको रिचार्जरको नेपालमा अरु विकल्प छैन भन्ने सन्देश दिनका लागि काम गर्दैछौं ।’ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने ।

जतिको रिचार्ज त्यति नै क्यास ब्याक दिने पहिलो नेपाली एप्स रिचार्जरमा ब्राण्डेड सामान मात्र उपलब्ध हुनेछन् । रिचार्जरबाट मुभी टिकेट, एयर टिकेट, बस टिकट पाउनुका साथै विभिन्न किसिमका महसुल बारकोडबाट भुक्तान गर्न सकिन्छ । 

दैनिक उपभोग्य सामान, लत्ताकपडा, विद्युतीय तथा मेशिनरी सामान पाइने रिचार्जरमा साइकलदेखि गाडीसम्मका उत्पादनका साथै नुनदेखि सुनसम्मका वस्तु उपलब्ध गराइने बताइएको छ ।

३ बर्ष भित्र नेपालको आन्तरिक व्यापारको २५ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएको रिचार्जरले डेढ प्रतिशतको मार्जिनमा सेवा उपलब्ध गराउने बताइएको छ । अहिले परीक्षणका रुपमा सेवा प्रदान गरिरहेको रिचार्जरमा आगामी ६ महिनाभित्र १ हजार ब्राण्ड इन्टिग्रेट भइसक्ने बताइएको छ ।