काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनीले स्थापनाकालदेखि नै बीमाशुल्क वृद्धि गर्ने निरन्तरतालाई कायम राख्दै गत आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले बीमाशुल्क संकलनमा वृद्धि गर्दै आ.ब. २०७४/७५ मा रु. १ अर्ब ८३ करोड ३९ लाख बीमाशुल्क संकलन गर्न सफल भएको छ । 

यो बिमा कम्पनीले सोही अवधिमा बिमा दाबीतर्फ पनि रु.१ अरब १८ करोड भुक्तानी गरिसकेको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए । 

प्रत्येक साल कम्पनीले सफलताका साथ प्रगति गर्दै जानुको प्रमुख जस कम्पनी प्रति सद्भाव राख्दै व्यापार प्रदान गर्ने ग्राहकवर्ग, शुभेच्छुकहरु, कम्पनीका कर्मचारी वर्ग र कम्पनीका संचालक रहेका उनको भनाई छ । 

‘सानो होस् वा ठूलो सुरक्षण सबैको’ भन्ने प्रमुख नारा लिएर स्थापित यस कम्पनीले स्थापनाको २३ औ वर्ष प्रवेश गर्दा ५७ वटा कार्यालय मार्फत् आपm्नो सेवा दिदै आएको छ । 

नयाँ नयाँ बिमालेख र प्रडक्टलाई जनमानसमा ल्याउने कम्पनीले यसै आर्थिक वर्षमा इनोभेटिभ प्रडक्टका लागि एसियन इमर्जिé इनोभेटिभ प्रडक्टतर्फ पुरस्कार समेत हात पारेको थियो । कम्पनीले ल्याएको भीआइपी कार्यक्रमका लागि सो पुरस्कार दिइएको थियो । 

हालसम्म कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई नेपाली बीमा क्षेत्रमै सबैभन्दा बढी लगानीको ८३१.५७ प्रतिशत प्रतिफल दिइसकेको दाबी गरेको छ । यस्तै, दाबी भुक्तानीतर्फ पनि कम्पनीले आफूलाई अब्बल बनाएको सीइओ क्षेत्रीको दाबी छ ।