काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायू अस्पताल बीच अस्पतालले प्रदान गर्ने सुविधाहरुमा छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

सम्झौताअनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराइएको भीआइपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई चिरायू अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा छुट पाउनेछन् ।

सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र चिरायू अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चण्डेश्वर नन्दराज बैद्यले स्वास्थ्यउपचार सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।