काठमाण्डौ  । सगरमाथा इन्स्योरेन्स कम्पनी र ग्रिनसिटी अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट मोटर बीमा गर्ने ग्राहकहरुलाई उपलब्ध गराईएको भीआइपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई ग्रिनसिटी अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुबिधामा छुटसमेत पाउने छन् ।

उक्त सम्झौतामा सगरमाथा ईन्स्योरेन्सकातर्फबाट प्रमख कार्यकारी अधिकृत श्री चंकी क्षेत्री र ग्रिनसिटी अस्पतालकातर्फबाट अध्यक्ष लोक बहादुर  टण्डनले स्वास्थ्य उपचार सेवा सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए ।