काठमाण्डौ । निर्जीवन बिमा कम्पनी सगरमाथा इन्स्योरेन्सले यो वर्ष लगानीकर्तालाई निराश बनाएको छ । 

यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेर सेयरधनीलाई निराश बनाएको हो । 

कम्पनीको कात्तिक २७ गते सोमबार बसेको २५२ औं बोर्ड बैठकले २०७३/७४ को वित्तीय विवरण पारित गर्दै सो आबको मुनाफाबाट कुनै पनि बोनस सेयर वा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनामा उल्लेख छ । यो बिमा कम्पनीले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म २५ करोड ५५ लाख खूद नाफा आर्जन गरेको थियो । 

गत वर्ष यो कम्पनीले लगानीकर्तालाई २३.१५७ लाभांश वितरण गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा २० करोड ६७ लाख खूद नाफा आर्जन गरेको थियो ।