काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७२ सालमा गएको भूकम्पबाट भएको क्षतिको कारणबाट परेका दाबीहरुमध्ये सबैभन्दा ठूलो दाबीको भुक्तानी गरेको छ। 

काठमाडौंको धापासीमा रहेको बरुण डेभलपर्सद्वारा निर्माण गरिएको पार्क होराइजन अपार्टमेण्टको क्षति सम्बन्धी दाबीको रु. ३१ करोड भुक्तानी गरेको छ। भूकम्पबाट भएको क्षतिको कारणबाट  परेका दाबीहरुमध्ये कम्पनीबाट कुनै एक बिमालेखमा गरिएको यो नै सबैभन्दा ठूलो रकमको दाबी भुक्तानी हो। यो सँगै कम्पनीले भूकम्पको समयमा परेका करिब २८ सय दाबीहरु फर्छ्योट गरेको छ। 

कम्पनीले रु १ करोडभन्दा माथिका २५ वटा दाबीहरुको  भुक्तानी गरेको छ । जसमा वेस्टार प्रपर्टिज प्रालिलाई १९ करोड ७६ लाख ५ हजार, सांग्रिला हाउजिङ्ग प्रालिलाई ६ करोड ८७ लाख ७८ हजार,  युनिक हाईडेल कम्पनीलाई ५ करोड ९६ लाख २६ हजार, कृष्णबहादुर गुरुङलाई ५ करोड ५५ लाख ६६ हजार र बज्र एण्ड साँग्रिला रेसिडेन्सी प्रालिलाई ५ करोड भुक्तानी गरेको हो ।

त्यसैगरी, रोयल आर्किड डेभलपर्स प्रालि ४ करोड ८७ लाख ६४ हजार, कान्तिपुर पब्लिकेशन प्रालिलाई ३ करोड ३१ हजार, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई २ करोड ५ लाख ४८ हजार र कोङ्गदी होटललाई २ करोड भुक्तानी गरेको हो । 

त्यसैगरी, हिमालयन डिकोर रग्सलाई १ करोड ९९ लाख ९९,  पवन फुँयाललाई १ करोड ८९ लाख ९९ हजार, शेर्पा साँग्रिला रिसोर्टलाई १ करोड ८० लाख, सिभिल स्टेट प्रालि।लाई १ करोड ६० लाख,  सिभिल बिजनेश कम्प्लेक्स प्रालिलाई १ करोड ५९ लाख ५० हजार, ट्रान्सट्रिप गार्मेन्ट इन्डष्ट्रिज प्रालि। १ करोड ५० लाख, बैंक अफ काठमाण्डूलाई १ करोड १८ लाख ५८ हजार,  बरुण बेभरेज नेपाललाई १ करोड १७ लाख ८५ हजार, प्लाटिनम डेभलपर्सलाई १ करोड १५ लाख ३१ हजार, निमा मोक्तान र कान्छिनानी तामाङनीलाई  १ करोड १३ लाख ५० हजार, दिपज्योति शैक्षिक प्रष्ठिानलाई १ करोड ९ लाख ७४ हजार र जगत लाल शाहीलाई १ करोड ४ लाख २१ हजार भुक्तानी गरेको हो । 

त्यसैगरी कम्पनीले सह विमा अन्तर्गत अन्य कम्पनीबाट पर्न आएका दाबीहरुमध्ये हिमालयन जनरल इन्स्योरेन्स सँगको (डाउन टाउन हाउजिङ)लाई २ करोड ३६ लाख ११ हजार र नेको इन्स्योरेन्ससँगको (अश्विनि मेडिकल कलेज एण्ड हस्पिटल)लाई १ करोड ८३ लाख ६२ हजार हजार दाबी भुक्तानी गरेको छ । 

यी लगायत अन्य ससाना दाबीहरुको भुक्तानीसहित उक्त भूकम्पबाट सृजित दाबीहरुको भुक्तानीमा कम्पनीले करिब १ अर्ब ५७ करोड हालसम्म भुक्तानी गरिसकेको छ।