काठमाण्डौ । विभिन्न संस्था तथा निकायहरुलाई विद्युत्तीय माध्यमबाट बैंक खातामार्फत् भुक्तानी कारोबार गराउने क्रममा, कर्मचारी सञ्चय कोषका विभिन्न भुक्तानी कारोबारहरु पनि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको विद्युत्तीय भुक्तानी प्रणालीहरुमार्फत् हुुने एक सम्झौता भएको छ । 

बिहीबार नेपाल क्लियरिङ्ग हाउस लिमिटेड तथा कर्मचारी सञ्चय कोष बीच यस्तो सम्झौता भएको हो । 

सम्झौतापत्रमा कर्मचारी सञ्चयकोषका तर्फबाट प्रशासक तुलसीप्रसाद गौतम एवम् नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, कर्मचारी सञ्चय कोषले नेपाल क्लियरिङ्ग हाउसको एनसिएचएल आइपीएस र कनेक्ट आइपीएसमा पूर्ण रुपमा इन्टिग्रेट गरी आप्mनो भुक्तानी कारोबारहरु स्वचालित रुपमा गर्नेछ । 

यसबाट कोषले गर्ने भुक्तानीहरु(सञ्चयकर्ताको कर्जा र सापटी, पार्टी पेमेन्ट,आदि)लाई लाभग्राहीको बैंक खातामा सिधै जम्मा गर्न सकिनेछ । 

त्यसैगरी सञ्चयकर्ता वा संस्थाले कोषलाई बुझाउने सञ्चय कोष, किस्ताआदिको भुक्तानीहरु समेत अनलाईन वा कुनै पनि बैंक खाताबाट गर्नसक्ने सुविधा प्राप्त हुनेछ ।

कर्मचारी सञ्चय कोष ऐन अन्तर्गत स्थापित कर्मचारी सञ्चय कोष नेपालको सबैभन्दा ठूलो कोष हो, जसमा ५.५ लाख सञ्चयकर्ता र ३० हजार संस्थाहरु आबद्ध छन् ।