काठमाडौँ । सञ्चालन मुनाफा र ब्याज आम्दानी कम भएपनि कैलाश विकास बैंकले खुद नाफामा झिनो अन्तरको सुधार गरेको प्रगति विवरण पस्केको छ ।  सञ्चालन मुनाफा र व्याज आम्दानी बैंकका मुख्य आम्दानीका स्रोत हुन् । यी दुवै सूचकमा भारी गिरावट आउँदा पनि कैलाशले गरेको प्रगति रहस्यमय बन्न पुगको छ । चालू आर्थिक वषको तेस्रो त्रैमासिक विवरण मंगलबार प्रकाशित विवरणमा व्याज आम्दानी र सञ्चालन मुनाफा कम हुँदाहुँदै पनि कैलाशले खुद नाफा भने बढाएको देखिएको छ । 
 
समीक्षा अवधिमा बैंकले ३९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत वर्षको सोही अवधिमा बैंकले ३६ करोड ७९ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षभन्दा बैंकले २ करोड २३ लाख ९५ हजार रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको हो । 
 
रहस्यमय त के छ भने बैकका व्याज आम्दानी र सञ्चालन मुनाफा दुवै गत वर्षका भन्दा कमजोर देखिएका छन् । समीक्षा अवधिमा बैंकले ६४ करोड १३ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यसै अवधिसम्म बैंकले ६७ करोड ५ लाख ९५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 
 
यसैगरी बैंकको सञ्चालन मुनाफामा समेत कमी आएको छ । बैले चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिसम्ममा ४६ करोड ३ लाख २२ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिसम्म बैंकको सञ्चालन मुनाफा ४७ करोड ४१ लाख ४५ हजार रुपैयाँ रहेको थियो । बैंकले आन्तरिक खर्च व्यवस्थापन गर्न सकेका कराण सञ्चालन मुनाफा र व्याज आम्दानी कम भए पनि नाफा बढाउन सकेको हो । 
 
राष्ट्रबैंकले ख वर्गका विकास बैंकका लागि तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड नघाएको बैंकको जगेडा कोषमा  ९३ करोड ६ लाख ९९ हजार रुपैयाँ रहेको छ । २० अर्ब भन्दा बढी निक्षेप रहेको बैंकले १८ अर्ब भन्दा बढी कर्जा प्रवाह गरेको छ ।
 
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी २० दशमलव ६८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ३६ दशमलव ९२ रुपैयाँ रहेको छ । खराब कर्जा उल्लेख्य रुपमा कम गदै लगेको बैंकमा कूल कर्जाको शून्य दशमलव ४६ प्रतिशत खराब कर्जा रहेको छ । यो गत वर्षको भन्दा आधा कम हो ।