काठमाण्डौ ।  राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ । त्रिपाठी समूहका सांसद्हरु सर्वेन्द्रनाथ शुक्ल, वृजेशकुमार गुप्ता, अकबालअहमद साह, कमलेश्वर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन् ।

पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए ।

बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष महन्थ ठाकुरलाई भेटी पदीय विवाद मिलाउँदै प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्न सुझाव दिएको छ । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।