काठमाण्डौ । वि.सं. २०७४असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको प्रथम वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । 

कम्पनीले स्थापनाको १ वर्षको अवधिमा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म २० वटा शाखा र २२ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी देशको अधिकांश जिल्लाहरुमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कारोवार शुरु गरेको ९ महिनाभित्र २०७५ आषाढ मसान्तसम्ममा बैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१ पोलिसी बिक्री गरी कुल रु. २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैयाँ प्रिमियम संकलन गरेको छ भने यस कम्पनीले निकट भविष्यमा आफ्नो चुक्तापुँजी २ अर्ब पुर्याउन ६० करोड रुपैयाँको आइपीओ समेत निश्कासन गर्नेछ ।

कम्पनीले यही आश्विन ६ गते समाजिक सेवा दिवसकै अवसरमा कर्मचारी र अभिकर्ताहरुद्धारा काठमाडौमा २९ जना, दाङ्गमा २२ जना, नेपालगंजमा १३ जना, डडेल्धुरामा १५ जना गरी कुल ७९ जनाबाट रक्तदान कार्यक्रमसम्पन्न गरिएको छ ।