काठमाण्डौ । सन-नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बैंकासुरेन्स सम्झौता भएको छ । 

सम्झौतामा सन-नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र मेगा बैंक नेपाल लिमीटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले हस्ताक्षर गरे ।

सम्झौताअन्तर्गत मेगा बैंकका सम्पूर्ण ग्राहकहरुले बीमाशुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबीभुक्तानी सहज रुपमा सन-नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन-नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु मेगा बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।