काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ। 

सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका थिए।