काठमाण्डौ । सनराइज बैंक लिमिटेडले दुहवी शाखालाई सुनसरी जिल्ला, दुहवी न.पा. वडा नं. ५ (साविकको स्थानबाट करिब ५० मि.को दुरी) मा स्थानान्तरण गरेकोे छ । 

आईतबार एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र उद्योग वाणिज्य संघ, दुहवीका अध्यक्ष उमेश गोश्वामीले संयुक्त रुपमा दुहबी शाखाको समुद्घाटन गरे ।

बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले पायक पर्ने ठाउँमा उक्त शाखा स्थानान्तरण गरेको हो । 

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ८० वटा शाखा, ९५ वटा एटिएम, २१ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरबाट आधुनिक एवम् सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल समेत रहेको छ।