काठमाण्डौ । सनराइज बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा फ्री प्रफिट २३.५९ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष यही अवधिमा ५८ करोड ७५ लाख रहेको यस्तो प्रफिट बढेर यो वर्ष ७२ करोड ६१ लाखको उचाईमा पुगेको हो । 

बैंकले खूद नाफामा करिब ३५ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष ५८ करोड ७५ लाख रहेको यस्तो नाफा बढेर यो वर्ष ७९ करोड २७ लाखको उचाईमा पुगेको हो । 

यस्तै, ९९ करोड ४७ लाखमा सीमित संचालन मुनाफा बढेर १ अर्ब १३ करोड पुगेको हो । 

अघिल्लो वर्ष १ अर्ब २७ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब ७२ करोड पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ७६ अर्ब बढी निक्षेप संकलन गरी ६७ अर्ब ७५ करोड बढी कर्जा परिचालन गरेको छ । निक्षेप २०.२२ प्रतिशतले बढाएको बैंकले कर्जातर्फ भने २०.४७ प्रतिशतको प्रगति गरेको देखिएको हो ।

अघिल्लो वर्ष २ अर्ब १० करोड रहेको बैंक रिजर्बको आकार बढी ४ अर्ब १० करोडको उचाईमा पुगेको छ । 

बैंकले १.६५ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटाएर १.२६ प्रतिशतमा सीमित गरेको छ भने १४.४१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढाएर १९.४५ रुपैयाँ पुर्याएकोछ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५०.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.८० गुणा कायम भएको छ