काठमाण्डौ । सनराइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । 

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले बैंकासुरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि अब ग्राहकले सनराइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने बैंकले प्रष्ट्याएको छ । 

यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने विश्वास बैंकको छ ।