काठमाण्डौ । सनराइज बैंकले बैंकका काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलरसेवा सुरु गरेको छ । 
 
चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो । 
 
यस सेवाको सुरुवातसँगै अब उप्रान्त बैंकमा खाता हुने सम्पूर्ण ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । 
 
यो सेवामार्फत प्रयोगकर्ताले बैंकका शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी एक दिनमा १ लाख रुपैंया र प्रति महिना १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् । 
   
पेपरलेस बैंकिङ्गतर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास छ।