काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ सीतापुर, खजुरा गाउँपालिका–२, बाँकेमा ५० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

आज शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा उद्घाटन भएको थियो ।  

सोही समारोहमा प्रमुख अतिथि गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मण्डल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । 

हालसम्म सनराइज बैंकले १३४ वटा शाखा, ५० वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा एटीएम मार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।