धरान । सनराइज बैंकको धरानस्थित एक्सटेन्सन काउण्टरमा रहस्यमय चोरी भएको छ। सुरक्षा गार्ड र सिसिटिभीको निगरानीमा रहेको बैंकभित्रबाट १० लाख रुपैयाँ चोरी भएको बताइएको छ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको एक्सटेन्सन काउण्टरमा आइतबार राति चोरी भएको प्रहरीले जनाएको छ । धरान प्रहरीले घटना रहस्यमय भएको बताएको छ । 

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। 

सुरक्षागार्ड पहरा दिएको र सिसीटिभी समेत भएकै अवस्थामा पैसा चोरी भएको देखिएको उल्लेख गर्दै प्रहरीले घटनामा बैंकभित्रकै कुनै कर्मचारीको हात हुनसक्ने प्रारम्भिक आशंका गरेको छ ।