काठमाण्डौ । सनराइज बैंकमा खाता खोल्दाको फाइदा तपाईलाई थाहा छ ? विगत केही समयदेखि सनराइज बैंकले आफ्नो बैंकमा खाता खोल्नेहरुका लागि स्वास्थ्य बिमाको सुविधा उपलब्ध गराउँदै आएको छ । जसअन्तरगत विभिन्न शाखाका ग्राहकहरुले खाता खोलेकै कारण १ लाखसम्म उपचार खर्चको भुक्तानी बैंकबाट पाइरहेका छन् ।

बैंकले पछिल्लो समय गाःबहाल शाखाका ग्राहक राजेन्द्र बज्रचार्यको शल्यक्रिया गर्दाको क्रममा लागेको उपचार खर्च रु. २१,१९९।– बराबरको रकम स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत हस्तान्तरण गरेको छ ।  बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारी र नायब महाप्रबन्धक अपछकुमार यादवले बज्राचार्यको पत्नी मैया बज्राचार्यलाई सो रकम हस्तान्तरण गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

सनराइज बैंकले ग्राहकहरुका लागि स्वास्थ्य बीमा सुविधा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइन्छ ।

सन्राइज बैंक लिमिटेडले स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउने समेत बैंकले जनाएको छ ।