काठमाण्डौ । सनराइज बैंक लिमीटेडमा बचत खाता खोलेका ललितपुरको लखनखेलका एक ग्राहक चिनीकाजी  महर्जनले १८ हजार ९ सय ५ रुपैयाँ बराबरको शल्यक्रिया खर्च बैंकबाट प्राप्त गरेका छन् । 

यो बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको लागि  “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । यही सुविधा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन कम हुन्छ, सो रकम दाबी गर्न पाउँछन् । यस्तो सुविधाबाट सनराइजका कैयन ग्राहक यसअघि लाभान्वित भइसकेका छन् । 

यही सुविधा अन्तर्गत बैंकका ग्राहक महर्जनलाई शल्यक्रिया गर्दाको क्रममा लागेको उपचार खर्च बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले प्रदान गरेकी हुन् ।

सन्राइज बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामूहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा रु. ५ लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउन सक्ने बैंकको भनाई छ ।