काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुका लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ । यसै क्रममा बैंकको पाको, न्युरोड शाखाका ग्राहक अम्बिका मैंया श्रेष्ठलाई उपचार खर्च रु. ४,२१६।– बराबरको रकम बैंकका वरिष्ठ प्रबन्धक प्रितम लाल श्रेष्ठले प्रदान गरे ।

बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ्य परीक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।