काठमाण्डौ । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य बीमा योजना अन्र्तगत सेवा पुर्याउने हेतुले देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुसँग सम्झौता गरेको छ । 

जसअनुसार बैंकका ग्राहकहरुले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशतदेखि २० प्रतिशत सम्म विशेष छुट पाउन सक्ने छन् । 

कोही पनि ग्राहक यस सेवाबाट वञ्चित् नहुन् भन्ने लक्ष्य बैंकको रहेको र जस्को प्राप्तिका लागि बैंकले अरु निजी अस्पतालहरुसँग समेत सम्झौताको क्रम जारी राखेको प्रष्ट्याएको छ । 

तोकिएका अस्पतालहरुमा छुट पाउनका निम्ति ग्राहकहरुले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनु पर्नेछ । साथै ग्राहकको सहजताका लागि बैंकले १ वर्ष सम्मका लागि भिसाकार्ड निःशुल्क प्रदान गरेको छ । 

यसै क्रममा बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता पछि ग्राहकहरुले सुविधा पाउने अस्पतालको संख्या ८४ पुगेको छ । 

उल्लेखित छुट बाहेक तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकहरुले बैंकबाट रु १ लाखसम्मको स्वास्थ्य बीमा सुबिधा तथा रु ५ लाख सम्मको दुर्घटना बीमा सुबिधा समेत प्राप्त गर्न सक्नेछन् । यी सबै बीमा सुबिधाहरु बैंकका ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले कुन कुन हस्पिटलसँग यस्तो सम्झौता गरेको छ, सूचि हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।