काठमाण्डौ । सनराइज बैंक लिमीटेडको लाभांशमा संकुचन आएको छ । 

यो बैंकको मंसिर १३ गते बसेकको संचालक समितिको ३०३ औं बैठकले आर्थिक वर्ष २०७४/७५ का लागि सेयरधनीलाई ११.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो भनेको अघिल्लो वर्ष वितरण गरेको लाभांश भन्दा ३.५ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकले १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आब २०७४/७५ का लागि ११.५ प्रतिशतले हुन आउने ९३ करोड ७५ लाख नगद लाभांश वितरणको प्रस्ताव गरेको हो  

यो प्रस्ताव नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

यो वर्ष अधिकांश वाणिज्य बैंकहरुले चुक्तापूँजी पुगिसकेका कारण नगद लाभांश वितरणमै  जोड दिएका छन् । यो निर्णयले संस्थापक सेयरधनी खुशी भए पनि सर्वसाधारण सेयरधनीहरु भने निराश बन्ने गर्छन् । सर्वसाधारण सेयरधनी बैंक तथा बित्तीय संस्था र आफूले लगानी गरेका तथा नेप्सेमा सूचिकृत कम्पनीबाट नगद लाभांश भन्दा सेयर लाभांशको चाहना राख्छन् ।